
प्रतिनिधिसभा सदस्य निशा डाँगीले कीर्तिपुरस्थित क्रिकेट मैदानको भौतिक प्रगतिबारे संसदमा प्रश्न उठाएकी छिन् ।सोमवारको प्रतिनिधिसभा बैठकमा बोल्दै डाँगीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार गठन भएको १५ दिन बितिसकेको भन्दै टियू क्रिकेट मैदानको भौतिक प्रगतिबारे सोधेकी हुन् ।
सांसद डाँगीले सरकारले क्रिकेट मैदान निर्माण गर्ने भनेर निर्णय गरेको १५ दिन बितिसकेको भन्दै आजसम्म पाँच प्रतिशत काम सम्पन्न भइसक्नु पर्ने बताइन् । डाँगीले सरकारलाई सदनप्रति जवाफदेही बन्न आग्रह गर्दै समाचारका लागि बोल्ने र देखाउनका लागि घोषणा गर्ने प्रवृत्तिको अन्त्य गर्नसमेत माग गरिन् ।
‘म सभामुखमार्फत प्रधानमन्त्री र खेलकुद मन्त्रीलाई कीर्तिपुर क्रिकेट मैदानको भौतिक प्रगति के कति भइरहेको छ सोध्न चाहन्छु र उक्त खेल मैदान निर्माणको प्रगति विवरण प्रधानमन्त्री ज्यु आफैँले अथवा खेलकुद मन्त्रीले सदनमा प्रत्येक महिना प्रस्तुत गर्नको लागि माग राख्द छु’, सांसद डाँगीको भनाइ छ ।
प्रकाशित मिति: २०२४-०७-२९ , समय : १७:५६:१३ , १२ महिना अगाडि