एक वर्षमा देशभर ७५६ किलोमिटर सडक कालोपत्रे

काठमाण्डौ। एक वर्षको अवधिमा देशभर ७ सय ५६ किलोमिटर सडक कालोपत्रे भएको छ। आर्थिक वर्ष २०८०/८१ मा कालोपत्रे स्तरको नयाँ सडक विस्तार सो यो वार्षिक लक्ष्यको तुलनामा ७९.११ प्रतिशत प्रगति हो। विभागले यस वर्ष ९५६ किलोमिटर नयाँ कालोपत्रे गर्ने लक्ष्य राखेको थियो।

यस अवधिमा ग्राबेल स्तरको सडक ३२८ किलोमिटर विस्तार भएको छ। यस आवमा ४ सय किलोमिटर ग्राबेल विस्तारको लक्ष्य थियो। लक्ष्यको ८२ प्रतिशत ग्राबेल सडक विस्तार भएको विभागले जनाएको छ।

प्रकाशित मिति: २०२४-०८-०१ , समय : ०७:०४:२१ , १२ महिना अगाडि