अस्ताए शास्त्रीय संगीतका गुरु कामत

शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ । उनको बिहान ६ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा निधन भएको हो ।

६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । काठमाडौं बस्दै आएका कामत आर्थिक समस्याका कारण यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए ।

शास्त्रीय संगीतमा श्रद्धाका साथ नाम लिइने कामत पछिल्लो ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए ।

प्रकाशित मिति: २०२४-०८-०१ , समय : ११:४०:५४ , १२ महिना अगाडि