पुतलीसडकमा पाइलट पेनको आउटलेट उद्घाटन, ८८ हजार रुपैयाँसम्म पेन

विश्वको लोकप्रिय पेन कम्पनी पाइलट पेनले काठमाडौंको पुतलीसडकमा आफ्नो आउटलेट खोलेको छ।जापानबाट आएका पाइलट पेन कर्पोरेशनका उच्च अधिकारीले आउटलेटको उद्घाटन गरेका हुन्।

आउटलेटमा सामान्यदेखि ८८ हजार रुपैयाँसम्मका पेन बिक्रिमा छन्। उपकारका लागि महंगा पेनहरू माग हुने पाइलट पेनको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी फेयर ट्रेडकी सञ्चालक मिन अग्रवालले बताइन्।

पाइलट पेनले ललितपुर, पोखरा लगायतका सहरमा पनि आउटलेट खोल्ने तयारी गरेको छ। आउटलेट उद्घाटनका लागि नेपाल आएका पाइलट पेन कर्पोरेसनका सहायक प्रबन्धक रुहेइ इटोले उच्च गुणस्तरकै कारण पाइलट पेन विश्वभरी लोकप्रिय रहेको बताए।

प्रकाशित मिति: २०२४-०९-१४ , समय : १६:२५:०६ , ११ महिना अगाडि