कृषिको प्रर्वद्धनबाट नै देशको विकास हुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले मोरङको कटहरीमा जारी कृषि एक्स्पोको अवलोकन गर्नु भएको छ । पूर्वप्रधानमन्त्री प्रचण्डले एक्सपोको अवलोकन गर्दै कृषि क्षेत्रको प्रर्वद्धनबाट नै देशको विकास हुने बताउनुभयो ।

आज विराटनगर आउनुभएका पूर्वप्रधानमन्त्री दाहालले नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कटहरीस्थित कृषि थोक बजारमा आयोजना गरेको एक्स्पोको अवलोकन गर्नुका साथै छलफल समेत गर्नुभएको छ ।

महासंघका अध्यक्ष राजेन्द्र राउतले कोसी प्रदेशका किसान, उद्यमी र लगानीकर्तालाई एकै थलोमा भेला पारिएको पूर्वप्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभयो ।

अध्यक्ष दाहालले यस किसिमका आयोजनाले कृषि क्षेत्रको उन्नयनका लागि सहयोग पुग्ने बताउँदै किसानको जीवनस्तर सुधार गर्न यान्त्रीकरण र आधुनिक प्रविधि अपनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

प्रकाशित मिति: २०२४-०९-१५ , समय : ०८:५८:४९ , १० महिना अगाडि