
नेपाल घुमघाममा रहेका भारतका भारतका भाइरल ‘डली चायवाला’ लाई इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले इलाम भ्रमणको निम्तो दिएका छन् । माइक्रोसफ्ट संस्थापक तथा अर्बपति बिल गेट्सलाई चिया खुवाएपछि भारतको नागपुरस्थित सडकमा चिया बेच्ने सुनिल पाटिल अर्थात् ‘डली चायवाला’ अहिले विश्व चर्चामा छन् ।
चियाकै कारण चर्चामा आएका डली चायवालालाई चियाको राजधानीका रुपमा चिनिएको इलामका जनप्रतिनिधि समेत रहेका नेम्वाङले भेटेर इलामको चिया प्रबद्धनको बारेमा संवाद गरेका हुन् । डली चायवाला चियाकै कारण विश्वको ठुला मिडियाको शिर्षक बनिरहेका छन् । भेटमा नेम्वाङले चियाको राजधानी इलाम भ्रमणको निम्तो दिए । नेम्वाङको निम्तोपछि खुशी व्यक्त गर्दै भने, ‘म छिट्टै इलाम आउनेछु ।’
भेटपछि नेम्वाङले लेखेका छन्,‘म चियाको राजधानी इलामको प्रतिनिधि । चिया, हामी दुबैको प्रिय । मैले उहाँलाई इलामको चियाबारी घुम्न र इलामको चिया पिउन इलाममा निम्तो गरेको छु । सकेसम्म छिटो समय मिलाएर इलामको चिया बारी घुम्न आउने र इलाममा आएर इलामको चिया आफैले बनाएर खुवाउने बताउनुभयो । पेशाले इन्जिनियर झापाली साथी आरिफ अलीसँग समन्यव गरेर इलामको चियाको विश्वव्यापी प्रवर्द्धनको निम्ती डली चायवालालाई इलामको चियाबारी घुमाउने अनि उहाँले बनाएको चिया पिउने कार्यक्रम छिट्टै मिलाउनेछौं ।’
प्रकाशित मिति: २०२४-०९-२१ , समय : ०६:३३:५६ , १० महिना अगाडि