
दुहबी, १ कार्तिक / दुहबी नगरपालिका वडा नम्बर १ प्रास्टोकिमा ग्रामिण समाज सेवा केन्द्रको सामुदायिक भवन को उद्घाटन गरिएको छ। दुहबी नगर प्रमुख वेदनारायण गच्छादारले बिहिबार रिवन काटेर उक्त भवनको उद्घाटन गरेका हुन।
प्रदेश सरकार र स्थानिय सरकार दुहबी नगरपालिकाको संयुक्त लगानिमा कुल ४७ लाखमा निर्माण गरिएको उक्त भवन उद्घाटन भएपछि स्थानिय हरु हर्षीत छन्। समुदाय स्तरका बिभिन्न कार्यक्रम समेत गर्न मिल्ने हल सहितको भवन आधुनिक प्रबिधिको रहेको छ।
होम स्टे समेत सन्चालन गर्ने गरि प्रास्टोकिमा थारु होम स्टे निर्माण करिब अन्तिम चरणमा छ। थारु जातिको सस्कृति र परम्परागत खाद्य परिकार सहितको होम स्टे सन्चालन हुने अध्यक्ष महेश माझिले जनाए । भवनको सजावटका केहि काम हरु बाकि छन, केहि दिनभित्रै सम्पन्न गरि कार्य प्रारम्भ गरिने उनले जनाए।
नगर प्रमुख गच्छादारले सामुदायिक भवन निर्माण पछि प्रास्ट्कि बासीहरुलाइ ऐतिहासिक सफलता मिलेको जनाए। होम स्टे सन्चालनमा आए पछि थारु कला, सस्कृति को जगेर्ना गर्दै आन्तरिक तथा बाह्य पर्यटक लाइ आकर्षित गरि आन्तरिक आय बृद्दि र थारु कला, सस्कृति प्रवर्धन समेत हुने आफुले बिस्वास लिएको बताए।
प्रकाशित मिति: २०२४-१०-१८ , समय : १२:१३:३६ , ९ महिना अगाडि