
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय कार्यान्वयन गर्न देशभरका सबै स्थानीय तहलाई निर्देशन दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै ७५३ वटै स्थानीय तहलाई पत्र पठाएर महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई काम गर्ने शिलशिलामा निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय कार्यान्वयनमा समन्वय गर्न निर्देशन दिइएको हो ।
प्रकाशित मिति: २०२४-१०-२६ , समय : ०७:५१:१३ , ९ महिना अगाडि