
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अनियमितामा संलग्न जो सुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सातबुँदे समझदारी अनियमिताको अन्त्यका निम्ति भएको बताएका हुन् ।
उनले इमान्दारीपूर्वक उक्त सम्झौता कार्यान्वयन गरेर जनतामा सुशासनको अनुभूति गराउनुपर्ने धारणा राखे। ‘जनतामा आशा जगाउन आर्थिक अनियमितताका विषयमा कानुनअनुसार काम गर्न सम्बन्धित निकायलाई स्वतन्त्र छोडिदिनुपर्छ, सुशासन सबैको चासोको विषय भएकाले सबै फाइल विधिपूर्वक खुल्नुपर्छ,महामन्त्री शर्माले भने,‘यसले कोही व्यक्तिलाई गाह्रो पर्ला, कुनै पनि पार्टीलाई गाह्रो पर्दैन, कुनै पनि दलले भ्रष्टाचारका घटनामा संलग्नलाई बचाउन लाग्नुहुँदैन।’
संविधानमा नागरिकको ३१ वटा मौलिक हक उल्लेख गरेपनि व्यववहारमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले त्यसको कार्यान्वयनका लागि काम गर्न सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए।- राससको सहयोगमा
प्रकाशित मिति: २०२४-०७-२७ , समय : १४:३७:२२ , १ वर्ष अगाडि