
काभ्रे : पाँचखाल नगरपालिका-६ मा रहेको जोरपाटी माविलाई स्कुल बस हस्तान्तरण गरिएको छ। विद्यार्थीहरूको मागलाई मध्यनजर गरेर व्यवस्थापन समितिले प्रदेश सरकारलाई स्कुल बस माग गरेको थियो। आइतबार बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले विद्यालयलाई बस हस्तान्तरण गरे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज धितालले विद्यालय सुधारमा सबै जनाको सहयोग आवश्यक रहेको र आगामी दिनमा विद्यालयलाई नमुना बनाउन तर्फ लाग्ने बताए।
प्रकाशित मिति: २०२४-०७-२९ , समय : ०६:३२:१२ , १२ महिना अगाडि