७५३ स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन सार्वजनिक, बर्जुले कति अंक पाए ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को प्रतिवेदन सार्वजनिक गरेको छ ।

स्थानीइ तहहरुले निश्चित मापदण्डको आधारमा गरेको स्वमूल्यांकनलाई मन्त्रालयले अन्तिम गुणस्तर परीक्षण गरेपछि नतिजा सार्वजनिक गरेको हो । मन्त्रालयले बिहीबारमात्र लिजामा सर्वोत्कृष्ट भएका ३ वटा नगरपालिका र ३ वटा गाउँपालिकालाई सम्मान गरिसकेको छ ।

स्थानीय तहहरुको कार्यप्रकृया र उपलव्धिको लेखाजोखा गरी शासकीय र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्र पहिचान गर्न स्वामूल्यांकन गरिदै आएको छ । लिजाले स्थानीय तहको आवधिक समीक्षाको आधार प्राप्त हुने र स्थानीय सरकारबीच यी प्रकृयामा प्रतिस्पर्धा गराउने काम गर्छ ।

४ वटा स्थानीय तहबाहेक देशभरका पालिकाहरुले लिजा प्रतिवेदन सार्वजनिक गरेपछि मन्त्रालयले उनीहरुको अंक दिने प्रकृयाको गुणस्तर परीक्षण गरेर नतिजा सार्वजनिक गरेको हो ।

लिजामा मधेश प्रदेशका पालिकाहरु कमजोर देखिएका छन् । महोत्तरीको सोनामा गाउँपालिका १०० अंकमा जम्मा १२.५० अंक, गढिमाइ नगरपालिकाले २०.५, सवैला नगरपालिका धनुषाले २५.२५ पर्साको धोविनी गाउँपालिकाले २५.७५ अंक, सोलुको सोताङ गाउँपालिका २७.२५ अंक पाएका छन् ।
उत्कृष्ट नजिता ल्याउनेमा भने धादिङको निलकण्ठ नगरपालिका परेको छ ।

यस्तै बर्जु गाउँपालिकाले ६२.७५ अंक प्राप्त गरेका छन् ।

प्रकाशित मिति: २०२४-०८-२३ , समय : १९:२७:०७ , ११ महिना अगाडि