
बर्जु, ८ भाद्र । लिभ नो वन विहाइन्ड परियोजना अन्तर्गत वृक्षारोपण गरिएको छ । शनिबार बर्जु तालमा सिएसडिसी सुनसरी, युएनडिपी नेपाल ,बर्जु गाउँपालिका, बर्जु ६ नम्वर वडा कार्यालय र चिमडी बर्जु ताल सिमसार संरक्षण समितिको सहभागिता करिब ४ सय ५० बढि विरुवा रोपिएको सिएसडिसीका रक्षा सिंहले जानकारी दिएकी छिन् । पछिल्लो समय जलवायु परिवर्तन भइरहेको अवस्थामा वृक्षारोपणले कार्वन उत्सर्जनमा न्युनीकरण गर्न सहयोग पुग्ने सिंहले बताएकी छिन् ।
प्रकाशित मिति: २०२४-०८-२४ , समय : १८:५९:०८ , ११ महिना अगाडि