
विराटनगर । नेकपा एमाले विराटनगरका पूर्व अध्यक्ष सागर थापालाई कोशी प्रदेश एमालेले सहरी विकास समितिको सचिवमा मनोनित गरेको छ ।
खानेपानी संस्थाको निर्वाचनको विषयलाई लिएर नेकपा एमाले मोरङले कारबाही गरेपछि जिम्मेवारीविहिन भएका थापालाई कोशी प्रदेश कमिटीले समितिको सचिवमा मनोनित गरेको हो । कोशी प्रदेश कमिटीको गत भदौ १ गते बसेको बैठकले थापालाई समितिको सचिवको जिम्मेवारी दिएको कार्तिक १० मा जारी अन्तरकमिटी निर्देशनमा उल्लेख छ ।
जिल्ला कमिटीले विराटनगर महानगर कमिटीको अध्यक्ष रहेको बेला मानगढ खानेपानी संस्थाको निर्वाचनका विषयलाई लिएर कारबाही गरेको थियो ।
आजबाट पार्टीको जिम्मेवारी प्राप्त भएको जानकारी आएको भन्दै थापाले पार्टीको काममा निरन्तर मैदानमा रहेको प्रतिकृया दिए । नेतृत्वमा भएपनि नभएपनि सँधै पार्टीकै काममा थिए भन्दै थापाले भने- ‘पाएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्ने छु ।’
प्रकाशित मिति: २०२४-१०-२८ , समय : ०९:३५:०२ , ९ महिना अगाडि